नेकपाको केन्द्रीय समिति बैठक स¥यो – Kanika Khabar
Thursday, April 16Nepali News Portal

नेकपाको केन्द्रीय समिति बैठक स¥यो

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, काठमाडौं
तयारी नपुगेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको पूर्व निर्धारित केन्द्रीय समिति बैठक एक महिनापछि सारिएको छ । कात्तिक १५ देखि १७ गतेसम्म बस्ने निर्धारण भएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि घकेलिएको हो । नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले आज जारी गरेको विज्ञप्तिमा पूर्वनिर्धारित बैठक मंसिर १५ देखि १७ गतेसम्म बस्नेगरी स्थगित गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा कोरोना महामारीका कारण बैठक स्थगित गर्नु परेको पनि उल्लेख गरिएको छ । महासचिव विष्णु पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर नयाँ मिति तय गरिएको बताईएको छ । त्यसका लागि पौडेलले हिजो ओली र आज बिहान प्रचण्डसँग छलफल गर्नुभएको थियो । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले आगामी चैत २५ बाट सुरु हुने महाधिवेशनको तयारीका लागि कार्तिक १५ मा केन्द्रीय समिति बैठक बस्ने मिति निर्धारण गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्