युवाहरु कुखुरापालन ब्यवसायतर्फ आकर्षित – Kanika Khabar
Friday, January 23Nepali News Portal

युवाहरु कुखुरापालन ब्यवसायतर्फ आकर्षित

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, बैतडी
कोभिड १९ को माहामारीले रोजगारी गुमाएका युवाहरु कुखुरापालन ब्यवसायतर्फ आकर्षित भएका छन् । छिटो आम्दानी दिने, थोरै लगानीमा पनि व्यवसाय सञ्चालन गर्न सकिने भएकाले कुखुरापालन ब्यवसायतर्फ युवा आकर्षण बढेको हो । बैतडीको पाटन नगरपालिका १० का प्रकाश बिष्ट १० वर्ष देखी भारतमा रोजगारीमा हुनुहुन्थ्यो । गत माघमा घर फर्किनुभयो तर लकडाउनले गर्दा भारत जान पाउनुभएन । अहिले उहाँले गाँउकै अर्का एक युवासँग मिलेर सामुदायिक बनको जग्गा भाडाँमा लिएर व्यवसायिक रुपमा कुखुरापालन थाल्नुभएको छ । पढाईसँगै क्याटरिङको काम गर्दै आउनुभएका बझाङका दिनेश बोहरा पनि अहिले कुखुरा ब्यवसायी बन्नुभएको छ । छिटो आम्दानी दिने र थोरै लगानीमा पनि ब्यवसाय सञ्चालन गर्न सकिने भएकाले कुखुरापालन ब्यवसाय तिर युवाहरुको आर्कषण बढेको बोहरा बताउनुहुन्छ । लडकाउन र कोरोना माहामारीले अन्य कुनै काम गर्ने वातावरण नभएकाले घर खर्च जुटाउन समस्या भएपछि कुखुरा पालन ब्यवसायमा लागेको युवाहरु बताउँछन् । स्थानीय र बोईलर जातका कुखुराको मासुको माग पनि राम्रो रहेकाले बजारको खासै समस्या नभएको बैतडीको पाटनका ब्यवसायी हिक्मत बिष्टको भनाई छ । आफ्नै गाउँ ठाउँमा ब्यवसाय सञ्चालन गरेपनि स्थानिय सरकारबाट कुनै सहयोग र सेवा, सुविधा नपाएको युवाहरुको गुनासो छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्