अमेरिकामा कोरोना संक्रमित संख्या ९१ लाख १८ हजार ५४७ – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

अमेरिकामा कोरोना संक्रमित संख्या ९१ लाख १८ हजार ५४७

    मा प्रकाशित

कनिका खबर
कार्तिक १३, दाङ

अमेरिकामा कोरोना संक्रमितको संख्या ९१ लाख नाघेको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ८० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९१ लाख १८ हजार ५४७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५९ लाख २१ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २९ लाख ६३ हजार ५११ जनामध्ये १६ हजार ८५२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १०३९ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३३ हजार १२२ पुगेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्