यस वर्षको दशैँमा रामेछापमा दुर्घटनामा शुन्य – Kanika Khabar
Tuesday, November 17Nepali News Portal

यस वर्षको दशैँमा रामेछापमा दुर्घटनामा शुन्य

    मा प्रकाशित

कनिका खबर
कार्तिक १३, रामेछाप
रामेछापमा पछिल्लो समयमा सवारी जाँचमा कर्डाई गरिएसँगै यस वर्ष दशैँमा सवारी दुर्घटनामा कमी आएको छ । यस वर्ष जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापले दशैँ तिहार लक्षित विशेष सुरक्षा र जाँच तथा अनुगनमा कडाई गरेको थियो । यस वर्ष दशैँ तिहारको समयमा जिल्लामा मानविय क्षति हुने गरी एउटा पनि दुर्घटना नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वशन्त पाठकले जानकारी दिनुभयो । विगतका वर्षहरुको तथ्याङ्घ हर्दा यस वर्ष जिल्लामा दुर्घटनामा निकै कमी आएको देखिन्छ । यस वर्ष बढी भाडा लिने र धेरै यात्रु बोक्ने सवारी साधनहरु पनि कारबाहिमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापले दिएको जानकारी अनुसार जिल्लामा कार्तिक १ गतेदेखि आजसम्मको अवधिमा ५ सय ९ वटा सवारी साधनहरु कारबाहिमा परेका छन् । ति सवारी साधन कारबाहिबाट ५ लाख २६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरी रामेछापका प्रमुख रामेश्वर पाण्डेले बताउनुभयो । यस वर्ष ट्राफिक प्रहरी रामेछापका जनशक्ति दशैँ तिहार विदा नबसि ड्युटिमा खटिएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्