२४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६१५ जना कोरोना संक्रमित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

२४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६१५ जना कोरोना संक्रमित

    मा प्रकाशित

कनिका खबर
कार्तिक १३, दाङ

२४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६१५ जना कोरोना संक्रमित थपिएका छन्।

नेपालभर थपिएका २ हजार ३६४ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६१५ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १ हजार ३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २ हजार ३६४ भेटिएसँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्