२४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६१५ जना कोरोना संक्रमित – Kanika Khabar
Thursday, June 11Nepali News Portal

२४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६१५ जना कोरोना संक्रमित

    मा प्रकाशित

कनिका खबर
कार्तिक १३, दाङ

२४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६१५ जना कोरोना संक्रमित थपिएका छन्।

नेपालभर थपिएका २ हजार ३६४ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६१५ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १ हजार ३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २ हजार ३६४ भेटिएसँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्