मुकेश चौरसिया हत्याको जाहेरी दर्ता – Kanika Khabar
Friday, January 23Nepali News Portal

मुकेश चौरसिया हत्याको जाहेरी दर्ता

    मा प्रकाशित

कनिका खबर
कार्तिक १४, काठमाडौं
मुकेश चौरसिया हत्याको जाहेरी जिल्ला प्रहरी कार्यालय पर्साले लिन नमानेपछि पीडित पक्षले हिजो सरकारी वकिल कार्यालय मार्फत कर्तव्य ज्यानको जाहेरी दर्ता गराएका छन् । गत बिहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार वीरगन्जमा मृत्यु भएको थियो । घटनाको ७ दिन बितिसक्दा पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पीडित पक्ष आज निवेदन सहित जाहेरी लिएर सरकारी वकिल कार्यालय पुगेको थियो । सरकारी वकिल कार्यालयका प्रमुख रुद्रप्रसाद पन्थीले निवेदन दर्ता गरी आवश्यक कारबाहीका लागि जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्