प्रहरीले सिरहामा कटुवा पेस्तोल र लागुऔषधसहित दुई जनालाई पक्राउ – Kanika Khabar
Monday, August 24Nepali News Portal

प्रहरीले सिरहामा कटुवा पेस्तोल र लागुऔषधसहित दुई जनालाई पक्राउ

    मा प्रकाशित

कनिका खबर
कार्तिक १४, सिरहा

प्रहरीले सिरहामा कटुवा पेस्तोल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका –२ बन्दीपुरबजारका २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

डिम्पलको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने एक थान गोली र नाईट्रोभेट ट्याब्लेट छ पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्