यादव समाज द्वारा घटनाको भर्त्सना – Kanika Khabar
Friday, May 1Nepali News Portal

यादव समाज द्वारा घटनाको भर्त्सना

    मा प्रकाशित

दुख हरण यादव
गढवा १४ कार्तिक

यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादव माथी भएको संघातिक हमलाको भर्त्सना गर्दै यादव समाज सेवा सङ्हले एक प्रेस बिज्ञपति जारी गरेको छ ।
बिजयादशमीको दिन दुर्गामाताको मुर्तीको बिसर्जन गर्ने बेला जय माता दि लेखिएको ब्यानर (पट्टि ) बितरण गर्ने क्रममा बिबाद उत्पन्न भएपछी बिबाद समाधान गर्न खोज्दा अपराधिक मानसिकताले पछाडी बाट यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादवलाई ढुंगा प्रहार गरि घाइते बनाएको घटना प्रती यादव समाज सेवा संघको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख्य गरिएको छ ।
यादव समाज सेवा संघका महा सचिव मिन्तीराम यादव द्वारा हस्ताक्षरित बिज्ञप्तिमा २०५२ साल देखि यादव समाजमा ब्याप्त रहेको कुरिती कुसंस्कार हटाउदै समृद्ध समाज निर्माणमा अहंम भुमिका खेलिरहेको यादव समाजको मान मर्यादामा आंच आउने गरि संस्थाका अध्यक्षलाई आङग भंग हुने गरि गरिएको आक्रमणको निन्दा गर्दै दोशी हरुको पहिचान गरि हदै सम्मको कार्वाहिको माग गरिएको छ । साथै बिज्ञप्तिमा अध्यक्ष हिरालाल यादव तथा लगायत सम्पुर्ण घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
त्यसै गरि संस्थाका महासचिव मिन्तिराम यादवले एक अर्को प्रेस बिज्ञप्ति जारी गर्दै यादव समाजका पुर्व केन्द्रिय समिती सदस्य टिपुर यादवको धर्मपत्नी राधा यादवको यहि कार्तिक ११ गते भएको असमायिक निधनले शोक सन्तप्त परिवारजनमा इस्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै मृत आत्माको चीर शान्तिको कामना गरेका छन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्