घटनाका दोषीलाई कारवाही गर्न प्रहरी आनाकानी गरेको आरोप – Kanika Khabar
Saturday, April 27Nepali News Portal

घटनाका दोषीलाई कारवाही गर्न प्रहरी आनाकानी गरेको आरोप

    मा प्रकाशित

कनिका खबर
दाङ, १४ कार्तिक ।
घोराही उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीपुर निवासी ४५ वर्षीय बामदेव जीएममाथि आक्रमण गर्ने समुहलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको आरोप छ । जीएममाथि आक्रमण भएको ८ दिन बितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको उनका भाई बसन्त जीएमले बताएका छन्।
प्रहरीकै संरक्षणमा उनीहरु रहेको हुँदा पनि पक्राउ नपरेको उनले आरोप लगाए । उनले भने , ञ प्रहरीलाई किटानी जाहेरी गर्दा पनि सोधपुछ तथा अनुसन्धानका लागि समेत पक्राउ गर्न आनाकानी गरेको छ ।झ उनीहरुलाई तत्काल पक्राउ गरी कार्बाहीका लागि परिवारले माग गरेको छ । घटना भएको आठ दिनपछि प्रहरीले आजमात्रै जाहेरी लिएको भाइ बसन्तले बताए ।

कार्तिक ८ गते राति घरमा बसिरहेको समयमा ८र१० जनाको समुहले जीएममाथि कुटपिट गरेको हो । घोराहीबाट घर जाँदै गरेको समयमा सडकमा बाटो छेकेको आरोप लगाउँदै ती समुहले कुटपिट गरेको परिवारले जनाएको छ । कुटपिटबाट घाइते उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्