थप दुईमा काेभिड पुष्टि – Kanika Khabar
Sunday, April 27Nepali News Portal

थप दुईमा काेभिड पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख ३१, दाङ ।

पछिल्लो अध्यावधि अनुसार नेपालमा अाज बुधबार थप एक जनामा काेभिड १९ संक्रमण पुष्टि भएको छ ।

काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी बुधबार नै कपिलवस्तुमा पनि एक कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ  भने त्यमध्ये ३५ जना निको भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्