विश्वभर एकैदिन २ लाख ५१ हजारभन्दा बढीले कोरोना जिते – Kanika Khabar
Thursday, March 28Nepali News Portal

विश्वभर एकैदिन २ लाख ५१ हजारभन्दा बढीले कोरोना जिते

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, काठमाडौं
विश्वभर एकैदिन २ लाख ५१ हजारभन्दा बढीले कोरोना जितेका छन् ।

कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर संक्रमित भएका ४ करोड ५८ लाखभन्दा बढीमा संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म ३ करोड ३२ लाख ३७ हजार ७६४ जना संक्रमण मुक्त भएका छन् । अर्थात् कुल संक्रमितको ७२।२४ प्रतिशत मानिसले कोरोनालाई जितेका छन् ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ७३ हजार १७३ जनामा संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड १४ लाख ६० हजार नाघेको छ । त्यसमध्ये ८३ हजार १९१ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ४८५ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार २१२ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९३ लाख १५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ८१ लाख ३६ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५५ लाख १९ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६३ हजार ९० जनाको मृत्यु भएको छ । ९७ लाख ११ हजार ७४८ जना संक्रमित भएकोमा ३७ लाख २३ हजार ५६० जना संक्रमणमुक्त भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्