नेकपा परित्याग गरी २७ जना नेपाली काङ्ग्रेसमा प्रवेश – Kanika Khabar
Saturday, January 17Nepali News Portal

नेकपा परित्याग गरी २७ जना नेपाली काङ्ग्रेसमा प्रवेश

    मा प्रकाशित

बलदेव मल्ल
कार्तिक १५, दाङ ।
दाङमा आज शनिबार नेकपा परित्याग गरी २७ जना नेपाली काङ्ग्रेसमा प्रवेशमा गरेका छन् । नेपाली कांग्रेस बंगलाचुली गाउँ पालिका वडा न।२को आयोजनामा संगठन सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । वडा सभापति श्री अमृत बहादुर मल्लको सभापतित्व तथा नेपाली कांग्रेस पुर्व महासमिति सदस्य भोजराज पाण्डेयको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस प्रदेश क्षेत्र न।२९क०का सभापति गिरिराज सुबेदीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

No description available.
कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सदस्य गोपाल राज शर्मा,नेपाली कांग्रेस पूर्व जिल्ला सदस्य पुर्ण बहादुर मल्ल,नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सचिव बलदेव मल्ल, नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका प्रत्यासी मैते पुन,लगायले आफ्नो मन्तव्य मार्फत नब प्रबेशीहरुलाई टीका जमरा लगाएर शुभकामना तथा स्वागत गरेका थिए । नेपाल तरुण दल बंगलाचुली गाउँपालिका कार्यबाहक अध्यक्ष भुपेन्द्र मल्ल टोल सभापतिहरु टाकुराका सभापति ईश्वर बहादुर रोका,खाडा टोल सभापति विषम घर्ती लगायतको उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रममा वडा उपसभापति बासुदेव पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम वडा सचिव रुपेन्द्र बस्नेतले सहजीकरण गरेका थिए । नेकपा परित्याग गरी २७ जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

No description available.उनीहरुले नेपका पार्टी जनताको हितको लागि नभई जनता लुट्नका लागि लागिपरेको बताएका थिए । चुनाबको बेलामा बोलेका कुराहरु केही गर्न नसकेको र आफ्नो ब्यक्तिगत स्वार्थमा लागेको जनतालाई आश्वासन बाँडेर आफ्नो स्वार्थ पूरा गर्नमा लिफ्त भएको जनाएका थिए । चेत ब।नेपाली,छबिलाल घर्ती,सागर बुढाथोकीको नेतृत्वमा युवाहरु प्रवेश गरेका हुन् ।

No description available.

No description available.

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्