खानेपानी आयोजनाका काम नसकिंदा नागरिक हैरान – Kanika Khabar
Saturday, January 17Nepali News Portal

खानेपानी आयोजनाका काम नसकिंदा नागरिक हैरान

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, रुकुम
समयमै खानेपानी आयोजनाका काम नसकिंदा, रुकुम पश्चिम स्थित चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका क्षेत्रका नागरिकले सास्ती भोगिरहेका छन् । हिउँद सुरु भएपछि स्थानीयलाई पिउने पानीको अभाव हुनसक्ने चिन्ताले सताउन थालेको छ । जिल्लाको चौरजहारी नगरपालिका १४ र सानीभेरी गाउँपालिका १० मा रहेको ग्रामिण सौर्य खानेपानी आयोजनाले पुर्णता नपाउँदा स्थानीय उपभोक्तालाई समस्या भएको हो । आर्थिक वर्ष २०७१÷०७२ मा चौरजहारी १४ मा लुगाधुनेखोला ग्रामिण सौर्य खानीपानी आयोजनाको निर्माण थालिएको थियो । तर आयोजना समयमै निर्माण नहुँदा आफुहरुलाई समस्या भएको स्थानीय रमित ओली बताउनुहुन्छ । पुरानो समितिले काम नगर्दा र नयाँ समितिले मान्यता नपाउँदा आयोजनाको काम रोकिएको स्थानीय बताउँछन् । करिब एक करोड खर्च लागेको आयोजना हाल लथालिङ्ग अवस्थामा रहेको छ । आयोजनाको पाइप लाईन विस्तारसँगै विभिन्न ५ ठाउँमा ट्याङ्की निर्माण तथा मिटर जडानको काम मात्रै सकिएको छ । उपभोक्ता समिति गठनको माग गर्दा सुनुवाई नभएको स्थानीयको भनाई छ । बलियो उपभोक्ता समिति नहुँदा आयोजना अलपत्र परेको उनिहरुको भनाई छ । चौरजहारी १४ र १३ का करिब १ सय र सानीभेरी १० का ५० घरधुरीमा पानी पु¥याउने लक्ष्य सहित सुरु भएको आयोजना अलपत्र परेपनि अब छिटै सुरु गर्न पहल गर्ने बताउँनुहुँछ निर्माण समितिका सचिव समेत रहनुभएका चौरजहारी नगरपालिका १४ का वडाध्यक्ष अतिराम विष्ट । घर घरमा पानी आउला र दैनिकी चलाउन सहज होला भन्ने आशामा रहेका नागरिक जिम्मेवार निकायको बेवास्ताका कारण आजित भैसकेका छन् । तत्काल खानेपानी आयोजना निर्माणको पहल नभए हिउँदको समयमा पिउनेपानीको चरम अभाव हुनसक्ने स्थानीयको गुनासो छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्