बर्दिबास विद्युत प्राधिकरणका प्राविधिकको करेन्ट लागेर मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

बर्दिबास विद्युत प्राधिकरणका प्राविधिकको करेन्ट लागेर मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, महोत्तरी
ट्रकले चुडाएको तार जोड्न सडक किनारको पोलमा चढेका महोत्तरीको बर्दिबास विद्युत प्राधिकरणका प्राविधिकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको पौराहा गाउँपालिका ६ का ३२ वर्षीय गौरीनन्द पण्डित रहनुभएको छ । बर्दिबास १ स्थित सडक किनारमा ट्रकले चुडाएको तार जोड्न पोलमा चढ्दा तार जोडने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर पोलमै झुण्डिका पण्डितलाई देखेपछि गाउँलेहरुले सुकेको बासको भाँटाले तारमा हानेर उपचारका लागी बर्दिबासस्थित जनसेवा अस्पताल लगेका थिए । त्याहाँ प्राथमिक उपचार गरेर थप उपचारका लागि एम्बुलेन्समा पण्डितलाई जानकी हेल्थकेयर जनकपुर पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रेफर गरीएको थियो । काठमाडौं पठाउन हेलिकप्टर मगाउने तयारी गर्दा, गर्दै जनकपुरमै उहाँको मृत्यु भएको नेपाल विद्युत प्राधिरण उप शाखा बर्दिबासका लाइन मर्मत शाखाका प्रमुख सुशील महतोले जनकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्