शुद्ध खाने पानीको पहुँच पुर्याउन फिल्टर वितरण – Kanika Khabar
Friday, April 26Nepali News Portal

शुद्ध खाने पानीको पहुँच पुर्याउन फिल्टर वितरण

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, जुम्ला
जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ३ ले फिल्टर वितरण गरेको छ । वडाबासिले शुद्ध पानी प्रयोग गर्न पाउन भनेर फिल्टर वितरण गरिएको वडाध्यक्ष प्रेम बुढाले जानकारी गराउनु भयो । वडाको ५ लाख रुपैयाँको लागतमा फिल्ट खरीद गरी वडाबासिलाई वितरण सुरु गरिएको छ । वडामा रहेका झण्डै ४ सय घरधुरीलाई फिल्टर वितरण गर्ने लक्ष्य रहेको भन्दै उहाँले फिल्टर अभावले गर्दा पहिलो चरणमा ३ सय १० घरपरिवारलाई वितरण गरिएको जानकारी गराउनु भयो । बाँहि ९० घरपरिवारलाई पनि छिट्टै फिल्टर वितरण गरिने उहाँको भनाइ छ । सबैको घरमा शुद्ध खाने पानीको पहुँच पु¥याउन लागि अनुदानमा फिल्टर वितरण गरिएको वडाध्यक्ष बुढाले बताउनु भयो । गाउँमा रहेका मुलबाट धारमा आएको पानी शुद्ध नहुने भएकाले सबैले पानी सुद्धिकरण गरी प्रयोग नगर्ने भएकाले फिल्टर वितरण गरिएको उहाँको भनाइ छ । खानेपानी असुद्ध भएमा अनेकन प्रकारका रोग लाग्ने हुँदा त्यसबाट बचाउन फिल्टर वितरण गरिएको उहाँले जानकारी गराउनु भयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्