नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि – Kanika Khabar
Thursday, March 28Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
कार्तिक १६, काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ थियो ।

२४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३४ हजार ८४२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ३१ हजार २२२ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्