३० हजार ९८६ कोरोना स‌ंक्रमित होम आइसोलेसनमा – Kanika Khabar
Thursday, April 18Nepali News Portal

३० हजार ९८६ कोरोना स‌ंक्रमित होम आइसोलेसनमा

    मा प्रकाशित

कनिका खबर
कार्तिक १६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३० हजार ९८६ कोरोना स‌ंक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

आइतबारसम्मको तथ्यांक अनुसार ३७ हजार ७ सय ६५ जना सक्रिय संक्रमितमध्ये ३० हजार ९८६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ८ सय ३४ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ६ हजार ३ सय २२, प्रदेश २ मा १ हजार ७०, लुम्बिनी प्रदेशमा ३ हजार ६६, सुदूरपश्चिम प्रदेशमा ८६५, गण्डकी प्रदेशमा १३५९ र कर्णाली प्रदेशमा ४७० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्