सशस्त्र प्रहरीका एक जवान घुससहित पक्राउ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सशस्त्र प्रहरीका एक जवान घुससहित पक्राउ

    मा प्रकाशित

कनिका खबर
कार्तिक १६, काठमाडौं

महोत्तरीमा सशस्त्र प्रहरीका एक जवान घुससहित पक्राउ परेका छन् ।

गौशाला नगरपालिकाको रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहान १७ हजार ६ सय रुपैयाँ घुस रकमसहित पक्राउ परेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

चौहानले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्