अमेरिकामा ९४ लाखभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Friday, May 3Nepali News Portal

अमेरिकामा ९४ लाखभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
कार्तिक १६, दाङ
अमेरिकामा ९४ लाखभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८६ हजार २९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित थपिएसँगै अमेरिकामा कोरोना सङ्क्रमित संख्या ९४ लाख २ हजार ५९० पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ६० लाख ६२ हजार ४३८ जना सङ्क्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ३१ लाख ४ हजार ८० जनामध्ये १७ हजार २०८ जनाको अवस्था गम्भीर रहेको वल्र्डमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या २ लाख ३६ हजार नाघेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्