पर्साका नेकपा नेता मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पर्साका नेकपा नेता मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
कार्तिक १७, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्या आरोपित थप एकजना पक्राउ परेका छन् । विन्दवासिनी गाउँपालिका–४ मधवन निवासी ३२ वर्षीय उत्तम भनिने निरञ्जन तिवारीलाई वीरगन्ज महानगरपालिका–१६ इनर्वा गाउँबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताउनुभयो । गत कात्तिक ६ मा नेकपाको विन्दवासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा कात्तिक ७ गते वीरगन्जको एक निजी अस्पतालमा मृत्यु भएको थियो । झडपको क्रममा अर्को पक्षबाट तिवारी घाइते भएका थिए । घाइते भएपछि तिवारी नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएका थिए । झडप भएकै साँझ चौरसियाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको सूचना बाहिरिएपछि मेडिकल कलेजमा उपचार गराइरहेका उत्तम र उनका भाई चिन्टु तिवारी फरार भएका थिए । उत्तमलाई प्रहरीले नियन्त्रणमा लिएपनि चिन्टु अझै फरार छन् । चौरसिया हत्याको जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि कात्तिक १३ मा सरकारी वकिल कार्यालय मार्फत १२ जना माथि कर्तव्य ज्यानको मुद्दा दर्ता भएको थियो । नेकपा नेता तथा तत्कालीन संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जना माथि मुद्दा दर्ता गराएका मृतकका भाई महेश चौरसियाले बताउनुभयो । १२ जना मध्ये हालसम्म तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुईजना झडपकै दिन पक्राउ परेका थिए । नेता गुप्तासहित ९ जना आरोपित अझै प्रहरी सम्पर्क बाहिर छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्