रौतहटका दुई स्थानिय तहले अझै नगर परिषद गर्न सकेनन् – Kanika Khabar
Tuesday, November 17Nepali News Portal

रौतहटका दुई स्थानिय तहले अझै नगर परिषद गर्न सकेनन्

    मा प्रकाशित

कनिका खबर
कार्तिक १७, रौतहट
रौतहटका दुई वटा स्थानिय तहले अझै यो वर्षको नगर परिषद गर्न सकेका छैनन् । २ गाउँपालिका र १६ नगरपालिका गरि १८ स्थानीय तह रहेको रौतहटमा दुई वटा नगरपालिकाले अझै नगर परिषद गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐनमा आर्थिक वर्षको असार १० गते सबै स्थानीय तहले परिषद गरी १५ गते बजेट पारित गर्नुपर्ने प्रावधान रहेको छ । नगर प्रमुख र उपप्रमुखबीचको विवादका कारण राजदेवी र कटहरिया नगरपालिकाको परिषद हुन नसकेको हो । नगर परिषद समय मै हुन नसक्दा विकास निर्माणका योजनाहरू पनि प्रभावित भएका छन् । आगामी आर्थिक वर्षका विकास निर्माणका योजना र चालू आर्थिक वर्षमा गरिने कामको योजना तर्जुमा हुन सकेको छैन । कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा र उप प्रमुख नुरजहा खातुनबीचको विवादले परिषद् हुन सकेको छैन भने राजदेवी नगरपालिका नगर प्रमुख धीरेन्द्र सिंह र उपप्रमुख अन्सु सिंहबीचको विवाद उत्कर्षमा पुगेपछि परिषद अन्यौलमा छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्