विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस सेल्फ क्वारेन्टाइनमा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस सेल्फ क्वारेन्टाइनमा

    मा प्रकाशित

कनिका खबर
कार्तिक १७, 
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हनोम घेबे्रयससले आफूलाई सेल्फ क्वारेन्टाइनमा राख्नुभएको छ । कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएपछि उहाँले आफूलाई सेल्फ क्वारेन्टाइनमा राख्नुभएको हो । उहाँले आफू कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएपछि क्वारेन्टाइन भएको जानकारी दिनुभएको छ । ट्वीट गर्दै उहाँले आफूमा हालसम्म कुनैपनि कोरोनाको लक्षण नदेखिएको जानकारी पनि दिनुभयो । संगठनका प्रमुख डा. टेड्रोसले ट्वीट गर्दै लेख्नुभएको छ, ‘म सँग सम्पर्कमा आएका एक जनामा कोरोना पोजेटिभ देखिएपछि मैले आफूलाई क्वारेन्टाइन गरेको छु । म स्वस्थ छु । म मा कुनैपनि लक्षण देखिएको छैन । तर, प्रोटोकलका अनुसार मैले आफूलाई सेल्फ क्वारेन्टाइन गरेको छु र घरबाटै काम गर्नेछु ।’ महामारीको बीच स्वास्थ्य सम्बन्धी मापदण्डलाई पूर्ण रुपले पालना गर्नुपर्ने भन्दै यसले कोरोनाको प्रसारलाई कम गर्नमा मदत पुग्ने डा. टेड्रोसको भनाइ छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्