पाल्पामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु – Kanika Khabar
Sunday, May 10Nepali News Portal

पाल्पामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १८, पाल्पा
आज पाल्पामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा हालसम्म ११ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । आज पाल्पा को लुम्बिनी मेडिकल कलेजमा उपचारत रामपुर नगरपालिका वडा नं ७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ उनि गत कातिक ५ गते पिसिआर परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्