सिन्धुलीमा धान उत्पादनमा कमी – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

सिन्धुलीमा धान उत्पादनमा कमी

    मा प्रकाशित

कनिका खबर
कार्तिक १८, सिन्धुली
सिन्धुलीमा यस बर्ष धान उत्पादन घटेको छ । किसानहरु धान भित्¥याउने चटोरोमा छन्, तर धानको उत्पादन घटेको देखेर भने सिन्धुलीका किसान निरास भएका छन् । सिन्धुलीका अधिकांश किसान बर्षभरी खाने अन्न भित्र्याउन चाडपर्वको प्रवाह नगरि खेतमा खटिरहेका छन् । किसानलाई यसबर्ष धानको उत्पादनले भने निरास बनाएको छ । धान उत्पादनमा निकै कमी आएकोले बर्षभरी के खाने भन्ने चिन्ताले सताएको किसानहरु बताउँछन् । यसपटक धान बालीमा गवारो, फौजी जस्ता रोगकिरा लागे । समयमा रासायनिक मल हाल्न नपाउँदा उत्पादनमा ह्रास आएको किसान बताउँछन् । कृषि ज्ञान केन्द्र, सिन्धुलीका सुचना अधिकारी श्रीकृष्ण अधिकारीले पनि यसबर्ष गवारो, डडुवा लगायतका रोगले धानबालीमा क्षति पुगेको बताउनुभयो । कृषि ज्ञान केन्दका अनुसार सिन्धुलीको कुल खेती योग्य जमिनमध्य १४ हजार ७ सय हेक्टरमा यसबर्ष धान खेती गरिएको छ । यस बर्ष अघिल्ला बर्षहरुको तुलनामा धानको उत्पादन कम हुने देखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्