नेकपाभित्रको विवाद समाधानका लागि राष्ट्रपतिको सक्रियता – Kanika Khabar
Friday, May 15Nepali News Portal

नेकपाभित्रको विवाद समाधानका लागि राष्ट्रपतिको सक्रियता

    मा प्रकाशित

कनिका खबर
कार्तिक १९, काठमाडौं
नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाउनुभएको छ । भण्डारीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि भूमीका खेल्न उपाध्यक्ष बामदेव गौतमलाई आग्रह गर्नुभएको छ । नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न मंगलबार साँझ शितल निवास पुग्नुभएको थियो । गौतमलाई राष्ट्रपति भण्डारीले नै भेट्न बोलाएको बताइएको छ । भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गर्नुभएको हो । पहिले पनि पार्टी एकता जोगाउन भूमिका खेल्दै आएको र यसपटक पनि लाग्नका लागि भण्डारीले आग्रह गर्नुभएको बताइएको छ । जवाफमा उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने बताउनुभएको गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीसँग आधा घण्टा सम्वाद गरी गौतम फर्किनुभएको थियो । नेकपाभित्र विवाद चर्किएका बेला गौतम शितल निवास पुग्नु अर्थपूर्ण मानिएको छ । आइतबार उपाध्यक्ष गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि सहभागी हुनुभएको थियो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्