भारतीय सेनाध्यक्षले आज नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह पाउँदै – Kanika Khabar
Sunday, January 18Nepali News Portal

भारतीय सेनाध्यक्षले आज नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह पाउँदै

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, काठमाडौं
नेपालको तीन दिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणे आज मुख्य औपचारिक कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ । उहाँलाई आज अपराहन्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुहुनेछ । दज्र्यानी चिन्ह ग्रहण गरेपछि उहाँले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुहुनेछ । मानार्थ महारथीको उपाधि प्रदान गरेपछि उहाँलाई सैनिक मुख्यालयमा सेनाले गार्ड अफ अनर प्रदान गर्ने छन् । उहाँले शहीद गेटमा माल्यार्पण गर्ने समेत कार्यक्रम छ । नरवणेले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ । प्रधानसेनापति थापाले बेलुका नरवणेको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । थापाको औपचारिक निमन्त्रणमा हिजो नेपाल आउनुभएका नरवणेले पहिलो दिन बसन्तपुर गएर जीवित देवी कुमारीको दर्शन गर्नुभएको थियो भने पशुपतिनाथको बाहिरबाटै दर्शन समेत गर्नुभएको थियो । उहाँ भोली शुक्रबार स्वदेश फर्किनुहुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्