कोरोनाको सङ्क्रमण बढेसँगै प्रशासनमा ‘बार अनुसार’ सेवा – Kanika Khabar
Sunday, January 18Nepali News Portal

कोरोनाको सङ्क्रमण बढेसँगै प्रशासनमा ‘बार अनुसार’ सेवा

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, नुवाकोट
कोरोनाको सङ्क्रमण समुदायमै बढिरहेको समयमा सरकारी कार्यालयमा सेवाग्राहीको बृद्धिले जोखिम देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले आफ्नो सेवामा कटौती गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट मार्फत प्रवाह हुने सेवा अबदेखि एक दिनमा चारवटा स्थानीय तहका सेवाग्राहीले मात्र पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारी गर्दै भोलि शुक्रबारदेखि एक दिनमा चार स्थानीय तहको मात्र काम गर्ने जनाएको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जारी गर्नुभएको सूचना अनुसार अबदेखि एक दिनमा चार स्थानीय तहको मात्र काम हुने र त्यसको लागि नुवाकोटमा रहेका १२ स्थानीय तहलाई तीन समूह बनाई एक सातामा एक स्थानीय तहको दुईदिन मात्र सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ । प्रशासन कार्यालयको सूचना अनुसार विदुर नगरपालिका, सूर्यगढी, तादी र दुप्चेश्वर गाउँपालिको सेवाग्राहीका लागि आइतबार र बुधबार सेवा उपलब्ध हुने भनिएको छ । यस्तै, बेलकोटगढी नगरपालिका, तारकेश्वर, म्यागङ र किस्पाङ गाउँपालिकाका सेवाग्राहीको लागि हरेक साताको सोमबार र बिहीबार सेवा उपलब्ध हुने उल्लेख गरिएको छ । यस्तै, पञ्चकन्या, शिवपुरी, लिखु र ककनी गाउँपालिकाको लागि मंगलबार र शुक्रबार सेवा उपलब्ध हुने व्यावस्था मिलाइएको ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार नुवाकोटमा समुदायस्तरमै कोरोना बढिरहेको र कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या बढी भएकाले सामाजिक दुरी कायम राख्न तथा स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यान्वयन गराउन चुनौती भएकाले स्थानीय तहलाई एक सातामा दुई दिन मात्र सेवा उपलब्ध गराउने गरेर तालिका सार्वजनिक गरिएको हो । अहिले सार्वजनिक गरिएको तालिका अनिश्चित समयको लागि कायम हुने उल्लेख गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्