चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेड बिच कर्जा सम्झौता – Kanika Khabar
Saturday, January 17Nepali News Portal

चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेड बिच कर्जा सम्झौता

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, सिन्धुपाल्चोक
दुई प्रतिशत ब्याजदरमा उपलब्ध हुने “सहुलियतपुर्ण कर्जा“को लागि हिजो (बुधबार) चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेड बिच बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा कर्जा सम्झौता भएको छ । नेपाल बैंक लिमिटेड केन्द्रिय कार्यालयका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीको कार्यालयमा एक कार्यक्रम आयोजना गरि चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमान सिं तामाङ, उपप्रमुख जानुका पराजुली, प्रमुख प्रसाशकीय अधिकृत कृष्णप्रसाद पाण्डे, ने बै ली बागमती प्रदेश प्रमुख सुन्दर पन्थी, ने बै ली सिन्धुपाल्चोक शाखा प्रबन्धक समिक कुमार दाहाल लगायतको उपस्थितमा कर्जा सम्झौता भएको हो । यसबाट कृषी, पशुपालन, घरेलु उद्योग तथा अन्य नयाँ व्यवसाय सञ्चालन गर्न चाहने नगरबासी प्रत्यक्ष लाभान्वित हुने नरको भनाइ छ । चौतारा साँगाचोकगढी नगरपालिकाले युवा स्वरोजगार प्रवद्र्धनका लागि बिनियोजन गरेको १ करोड र नेपाल बैंक लिमिटेडले थप १ करोड गरि यस बर्ष २ करोड ऋृण प्रवाह हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्