दाङमा दशै पछि दैनिक एक जना कोरोना सङ्क्रमितको मृत्यु – Kanika Khabar
Tuesday, November 17Nepali News Portal

दाङमा दशै पछि दैनिक एक जना कोरोना सङ्क्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, दाङ
दाङमा बडा दशै पछि दैनिक एक जनाको दरले कोरोना सङ्क्रमितको मृत्यु हुने गरेको छ । दशै अघि सम्म थोरै संख्यामा जिल्लाका कोरोना संक्रमितको मुत्यु हुने गरेको थियो । तर दशै यता वितेको दश दिनको अवधिमा १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र घोराही दाङले जनाएको हो । केन्द्रको हिजो साँझसम्मको अद्यावधिक विवरण अनुसार दशै अघिसम्म जिल्लाका ६ जना संक्रमितको मृत्यु भएको थियो । जसमा जिल्ला भित्र एक जनाको मृत्यु भएको थियो भने जिल्ला बाहिर विभिन्न अस्पतालमा ५ जनाको उपचारकै क्रममा मृत्यु भएको केन्द्रका सुचना व्यवस्थापन अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । कात्तिक १० गते यता घोराही, तुलसीपुर, राप्तीका गरी १० जना सङ्क्रमितको मृत्यु भएको हो । ती मध्ये नौ जनाको जिल्ला बाहिर बाँके, बुटवल र काठमाडौमा उपचारकै क्रममा मृत्यु भएको हो भने होम आईसोलेसनमा बसेका एक जनाको मृत्यु भएको उहाले जानकारी दिनुभयो । केन्द्रका सुचना अधिकारी अर्यालका अनुसार जिल्लामा हिजो साँझसम्म १६ जना सङ्क्रमितको मृत्यु भएको छ । जसमध्ये दुई जनाको जिल्ला भित्र मृत्यु भएको हो । अन्य १४ जनाको जिल्ला बाहिर विभिन्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । यस अघि जिल्लाको घोराहीमा एक जना बेवारिसे शवको कोरोना परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म मृत्यु हुनेमा सवैभन्दा धेरै घोराही उपमहानगरपालिकाका रहेका छन् । घोराहीका ७ जना सङ्क्रमितको कोरोनाकै कारण मृत्यु भएको केन्द्रका सुचना अधिकारी अर्यालले जानकारी दिनुभयो । यस्तैगरी तुलसीपुर उपमहानगरपालिकाका ५ जना, राप्ती गाउँपालिकाका २ जना र लमही नगरपालिकाका २ जना रहेका छन् । यसरी मृत्यु हुनेमा महिलाको संख्या भन्दा पुरुषको संख्या धेरै रहेको पनि केन्द्रले जनाएको छ । साथै जिल्लामा हिजो साँझसम्मको अद्यावधिक विवरण अनुसार ७९ प्रतिशत कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालय दाङले दिएको जानकारी अनुसार जिल्लाका कुल संक्रमित २ हजार २ सय ४० जना मध्ये १ हजार ७ सय ३२ अर्थात ७९ प्रतिशत व्यक्ति कोरोनामुक्त भएका हुन् । जिल्लाभर अहिले ४ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्