नवलपुरमा पिरिआर परिक्षण पुस पहिलो सातापछि मात्रै – Kanika Khabar
Thursday, May 21Nepali News Portal

नवलपुरमा पिरिआर परिक्षण पुस पहिलो सातापछि मात्रै

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, नवलपुर
मध्यविन्दु जिल्ला अस्पताल नवलपुरबाट पिसिआर परिक्षणको लागि पुस पहिलो सातासम्म कुर्नुपर्ने भएको छ । कात्तिक १ गते जिल्ला अस्पताललाई संघीय सरकारले सहयोग गरेको पिसिआर मेसिन संघीय सांसद तिलक महतले जिल्ला अस्पतालाई हस्तान्तरण गर्नु भएको थियो । तर, आवश्यक पूर्वधार र जनशक्तिको अभावमा सञ्चालनमा आउन ढिलाई भएको हो । भौतिक संरचना निर्माण, अन्य औजार र जनशक्ति व्यवस्थापनको लागि समय लाग्ने भएकाले जिल्ला अस्पतालबाट कोभिड–१९ परिक्षणको लागि पुस पहिलो साता कुर्नुपर्ने अस्पतालका सुचना अधिकृत छबिलाल सुबेदीले जानकारी दिनुभयो । पिसिआर परिक्षण गर्न ल्याब निर्माणको लागि भौतिक संरचना निर्माणको टेण्डर पक्रिया अगाडी बढाइएको सुवेदीले बताउनुभयो । करिव २० लाख रुपैयामा भौतिक संरचना निर्माणको काम सक्नेगरी कार्य बढाइएको उहाँको भनाइ छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले पुर्बाधार निर्माणका लागि १० लाख, जनशक्ति व्यवस्थापनका लागि १४ लाख, फर्निचरका लागि ५ लाख, कम्प्युटरका लागि ५ लाख रुपैया सहित अन्य आवश्यक शिर्षकमा बजेट बिनियोजन गरेको छ । ल्याब सञ्चालनको लागि आवश्यक पिसिआर मेसिन संघीय सरकारले सहयोग गरेको हो भने आवश्यक अन्य व्यवस्थापन गण्डकी प्रदेश सरकारले गरेको हो । ल्याब सञ्चालनको लागि आवश्यक जनशक्ति व्यवस्थापनको लागि सुचना प्रकाशन गर्ने तयारीमा अस्पताल रहेको सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि ४ जना प्रयोगशाला बिज्ञ र २ जना कार्यालय सहयोगीका लागि दरबन्दी माग गरिएको छ । अन्य ३ जना आन्तरिकबाट व्यबस्थापन गरिनेछ । पिसिआर परिक्षण शुरुभएपछि दैनिक तिन सय सम्म परिक्षण गर्न सकिने छ । हाल नवलपुरमा संकलित स्वाब परीक्षणका लागि चितवन, हेटौडा, पोखरा लगायतका क्षेत्रमा पठाउने गरिएको जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्