तातोपानी स्नान गर्न आउने श्रद्धालुसँगै कोरोना भित्रने डर – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

तातोपानी स्नान गर्न आउने श्रद्धालुसँगै कोरोना भित्रने डर

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, सिन्धुपाल्चोक
कात्तीक र चैत महिनामा विशेष मेला लाग्ने सिन्धुपाल्चोकको भोटेकासी गाँउपालिका–२ को तातोपानी धारामा यस वर्ष भने श्रद्धालुको संख्या घटेको छ । मेलामा आउने केही श्रद्धालुबाट पनि कोरोना संक्रमण फैलिन सक्ने डरले स्थानीय त्रसीत बनेका छन् । केहिवर्ष पहिलेसम्म चीनतर्फको तातोपानी नाका सञ्चालन हुँदा धारामा नुहाउनेको ठुलो भिड लाग्ने गर्दथ्यो । तर यस पटक नाका पर्यटकको लागि पुर्ण बन्द भएको र कोरोना भाइरसको समेत डरका कारण अहिले भने धारा सुनसान जस्तै बनेको छ । पहिलेभन्दा व्यवस्थित बनेको तातोपानी धारा पर्यटक नआँउदा भने सुनसान बनेको हो । गतवर्षमा मेला लाग्ने महिनामा दैनिक हजारौं र अन्य समयमा सयौं पर्यटकले भरिने तातोपानी धारा विश्वभरी फैलिएको कोरोना संक्रमणका कारण यस वर्ष भने सुनसान जस्तै बनेको हो । पहिले कुण्डको रुपमा मात्रै रहेको तातोपानी धारा अहिले व्यवस्थीत बनीसकेको हेटौंडाबाट तातोपानी धारामा स्नान गर्न आएका पर्यटक कृष्णहरी बर्तौलाको भनाइ छ । यो धारामा नुहाँउदा विभिन्न छाला सम्बन्धि रोग, बाध रोग निको हुने विश्वास गरिन्छ । विशेषज्ञ टोलीले गरेको एक अध्ययनले पनि यो धारामा नुहाँउदा रक्त सञ्चारमा वढावा हुने, तनाव कम गराउने, निन्द्रा वढावा गर्ने, दुखाइ कम गर्ने तथा छालाका समस्या निको पार्ने निष्कर्ष निकालेको थियो । अहिले कोरोना संक्रमणका कारण मानिसको आवातजावतमा कमी आएको भएपनि यो ठाँउ स्वास्थ्य तथा सुन्दरताको हिसाबले पनि घुम्न लायक ठाँउ भएको स्थानीय वीर बहादुर तामाङको भनाइ छ । बन्दाबन्दी शुरु भएपछि पुर्ण रुपमा बन्द गरिएको तातोपानी धारा बन्दाबन्दी खुकुलो भएर तातोपानी नाका समेत सञ्चालनमा आउन थालेपछि पुनः सञ्चालनमा आएको हो । यसरी नाका र धारा दुवै सञ्चालनमा आँउदा मासीक भाडा तथा बैंकको ब्याज समेत तिर्न नसकेका होटल व्यवसायीलाई केही राहत भने मिलेको छ । तर विभिन्न स्थानका मानिस होटलमा आँउदा आफुहरुमा कोरोनाको जोखिम समेत बढेको महशुस भएको तातोपानी धाराको प्रवेशद्वारको ठिक अगाडी होटल व्यवसायी मिङमार शेपाको भनाइ छ । भोटेकोशी वाढीले क्षती गराएको तातोपानी धारा संरक्षणको लागि अहिले प्रदेश र स्थानीय सरकारको आर्थीक सहयोगमा तटबन्धको काम भइरहेको जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्