आईपिएल क्रिकेटको पहिलो क्वालिफायरमा मुम्बई र दिल्लीबीच प्रतिस्पर्धा हुँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

आईपिएल क्रिकेटको पहिलो क्वालिफायरमा मुम्बई र दिल्लीबीच प्रतिस्पर्धा हुँदै

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, दाङ
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर आज हुँदैछ । आजको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता समेत रहेको मुम्बईले दुबईमा दिल्लीको सामना गर्नेछ । मुम्बई र दिल्लीबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्ली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । आजको खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । त्यसैले दुई टिमबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । मुम्बईले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । मुम्बईले १४ खेलमा ९ जितसहित १८ अङ्क जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायरमा स्थान बनाएको हो । दिल्लीले लिग चरणमा १४ खेलमा ८ जितसहित १६ अङ्क जोडेको थियो । तर, पहिलो क्वालिफायरमा दिल्लीको टिम मुम्बईलाई हराउने लक्ष्यसहित मैदान उत्रने छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्