डिल्लीराज विश्वकर्मा
कार्तिक २१, रुकुम ।
रूकुम पश्चिममा लागु औषध अफिम सहित २ जना पक्राउ परेका छन् । जिल्लाको आठबीसकोट नगरपालिका वडा नं. ९, राडिबाट १२ केजि अफिम सहित जाजरकोटका २ व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका ८, का मालबहादुर सिंह र सोहि ठाउँका कालिबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको सुचना अधिकारी तथा प्रहरी निरिक्षक हरी ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ८ः ५० बजे राडी बजारका धिरेन्द्र शाहको घरमा बसिरहेका उनिहरूलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोली, लागु औषध ब्यूरो सुर्खेतको टोली, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । खानतलासी गर्ने क्रममा १२ केजी अफिम सहित उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


