राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले विवाद उत्पन्न – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले विवाद उत्पन्न

    मा प्रकाशित

कनिका खबर
कार्तिक २१, दाङ ।
अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पले धाँधली भएको भनेपछि विवाद उत्पन्न भएको छ । उम्मेदवार समेत रहनुभएका वर्तमान राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो । हाल सम्मको गणनामा राष्ट्रपतिका अर्का प्रत्यासी जो बाइडेनले ट्रम्पलाइ उछिन्नुभएको छ । अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ ।
राष्ट्रपति ट्रम्पले धाँधली भयो भन्दै मतगणना तत्काल रोक्न माग गरेर दिएका उजुरीहरु पनि अदालतले खारेज गरिदिएको छ । ट्रम्पले विस्कन्सिन, मिचिगन, पेन्सिल्भेनिया र जोर्जिआ राज्यहरूमा मतगणनालाई कानुनी चुनौती दिँदै उजुरी दिनुभएको थियो । यसैबीच, अमेरिकाका ठूला टिभी च्यानलहरुले राष्ट्रपति ट्रम्पको सम्बोधन झुट भएको भन्दै बीचैमा रोकिदिएका छन् ।
अमेरिकाका एबीसी, सीबीएस, एनबीसी लगाएत टीभीले राष्ट्रपति ट्रम्पको सम्बोधनलाई बीचैमा रोकेर आफ्नो दर्शकलाई राष्ट्रपतिले झुटो बयान दिएको बताएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले हुलाकबाट आएका मतहरुलाई धोकाधडी भएको बताउनुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्