दाङकी २० वर्षीया सुत्केरी महिलाको कोरोनाबाट मृत्यु – Kanika Khabar
Friday, May 1Nepali News Portal

दाङकी २० वर्षीया सुत्केरी महिलाको कोरोनाबाट मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २१, दाङ ।
कोरोना भाइरसको सङ्क्रमणको कारण दाङकी एक महिलाको मृत्यु भएको छ । दाङकी एक २० बर्षीया सुत्केरीको कोरोनाका कारण बाँकेमा मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा न। १० निवासी सुत्केरी महिला रहेकी छिन् । महिलाको बच्चा जन्मि सकेपछि कोरोनाका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनी कात्तिक १६ गते प्रसुती सेवाका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन । १७ गते बच्चा जन्माएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । १८ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमन पुष्टि भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्