दाङ कोरोना अपडेट : २४२३ सङ्क्रमित, ४७२ सक्रिय सङ्क्रमित र १७ जनाको मृत्यु – Kanika Khabar
Sunday, May 31Nepali News Portal

दाङ कोरोना अपडेट : २४२३ सङ्क्रमित, ४७२ सक्रिय सङ्क्रमित र १७ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कात्तिक २२, दाङ ।


दाङ जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । हिजो शुक्रबारसम्मको उपडेटमा स्वास्थ्य कार्यालय दाङले अहिलेसम्म मृत्यु हुनेका संख्या १७ पुगेको जनाएको हो । हिजो शुक्रबारसम्मको विवरण अनुसार दाङमा २ हजार ४ सय २३ जना कोरोना सङ्क्रमित रहेका छन् । जसमध्ये १ हजार ९ सय २३ जना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार ४ सय ७२ जना सक्रिय सङ्मित रहेका छन् ।
अहिलेसम्म दाङ १३ हजार ५ सय २६ जना क्वारअन्टिनमा बसेका छन् भने २० हजार ३ सय ६० जनाको स्वाब संकलन गरिएको छ । दाङ सक्रिय सङ्क्रमितमध्ये ४ सय २ जना होम आइसोलेसनमा बसेका छन् भने ७० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्