काँग्रेसका पदाधिकारीहरूको बैठक आज पनि – Kanika Khabar
Tuesday, November 17Nepali News Portal

काँग्रेसका पदाधिकारीहरूको बैठक आज पनि

    मा प्रकाशित

कनिका खबर
कार्तिक २२, दाङ ।
नेपाली काँग्रेसका पदाधिकारीहरूको बैठक आज पनि बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा मुख्य गरी फागुनमा तय गरिएको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने विषयमा छलफल केन्द्रित छ ।
काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले विभिन्न विषयमा धारणा राख्ने क्रम हिजो नसकिएकाले निष्कर्षमा पुग्नका लागि आज बैठक बस्ने जानकारी दिए । हिजोको बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, एनपी साउदलगायतले १४ औं महाधिवेशन फागुन गर्न समस्या रहे पनि धेरै टाढा सार्न नमिल्ने धारणा राखेका थिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारी र केही प्रभावशाली केन्द्रीय सदस्यहरूको उपस्थिति छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ जना केन्द्रीय सदस्यले सभापति देउवालाई बुझाएको ध्यानाकर्षणपत्रका विषयलाई टुङ्गोमा पु¥याएर कात्तिक २४ गते केन्द्रीय कार्य समितिको बैठक बस्ने तयारी गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्