होम आइसोलेसनबाटै लेखे तिलकले एक पत्र कोरोनालाई ‘प्रिय कोरोना म तिमीसँग समबन्ध विच्छेद गर्न चाहन्छु ।’ – Kanika Khabar
Friday, April 19Nepali News Portal

होम आइसोलेसनबाटै लेखे तिलकले एक पत्र कोरोनालाई ‘प्रिय कोरोना म तिमीसँग समबन्ध विच्छेद गर्न चाहन्छु ।’

    मा प्रकाशित

हेर्दाहेर्दै तिमीसँग प्रगाढ र आत्मीयता भएको एक महिना भैसकेछ कुनै कुराकानी बिना नै सुनेको भरमा कोरोना नाम,ठेगाना चाइना भनेको सुनेको थिएँ तर तिमीले ममा क देख्यौ त्यस्तो मुल्य मलाई भेट्न् र ममाथि बिराजमान हुन चाइनाबाट दसैंको मुखमा आइपुग्यौँ । मलाई थाहा थिएन तिमी मसँग नजिक हुन चाहेको कुरा तर थाइ नदिइकन नै मलाई आफ्नो बसमा पारिसकेको कुरा स्वाब संकलनकर्ता स्वास्थकर्मीको खबरले मात्रै मलाई जानकारी भयो हाम्रो समबन्धको बारेमा ।
प्रिय कोरोना तिमीसँग समबन्ध गाँस्ने रहर मलाई पटक्कै थिएन तर समयको अगाडि,जिद्दी भन्दा पनि परिस्थितिलाई अङगाल्दै तिमीसँग यात्रा गर्नु मेरो भलो हुने कुरा स्वास्थकर्मी वकिल मार्फत सल्लाह पाएँ । तिमीसँग समबन्ध भएको कुरा थाहा सबैमा भयो त्यसपछि घरपरिवार आफन्त र समाजबाट टाढा एउटा बन्द कोठामा तिम्रा ती नबुिझने चाइनिज भाषाको सामना गर्दै दिनहरु बिताए समय बित्दै जाँदा हिन्दुहरुको महान चाड बडा दशै घरआँगनमा आइसकेको थियो परिवार आफन्तहरुले निरन्तर घचघचाइ रहे, धम्काइ रहे कोरोनासँगको समबन्ध विच्छेद गर्न नत्र दशैमा एक्लै बनाउने सम्मको धम्की आउन थाले ।

म समबन्ध बिच्छेद मुद्दा दर्ता गराउन कोभिड १९ अदालत गएर मुद्दा दर्ता गराए तर तिमीसँग टाढा भएर आफन्तहरुसँगै दसै मनाउने मेरो सपना त्यहिनेर चकनाचुर भएर गयो जुन बेला तिमी निरन्तर मैसङगै छौ भन्ने खबेर पाएँ । केहिदिन फेरि नबुझिने चाइनिज भाषामा इसाराले बात गर्न बाध्य भएँ । तिमीसँग म साच्चिकै टाढिन चाहान्थँे समय बित्दै जादा फेरि म कोभिड अदालत पुगे मुद्दा दर्ता गराएँ तर यसपालि पनि तिम्रो माया र जिद्दीको अगाडि मैले हारेँ । अब अन्तिम पटक तिमीलाई माया र हार्दिकताका साथ निवेदन गर्दै छु म मेरो देश परिवार र जिम्मेवारीबाट भाग्न सक्दैन त्यसैले तिमीले भनेको जस्तो तिमीसँग मसङगै जान असक्षम छु । बस अब यति भन्न मन छ तिमीसँग अब कहिल्यै नभेटने गरी सदाको लागि तिमीसँग समबन्ध विच्छेद गर्न मन छ प्रिय कोरोना ।
उही तिमीलाई बिदाइ गर्न चाहने
तिलक रावत
घोराही १५, दाङ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्