कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप २७५३ जनामा कोरोना पुष्टि, २२०६ जना कोरोना मुक्त र १७ जनाको मृत्यु – Kanika Khabar
Saturday, January 22Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप २७५३ जनामा कोरोना पुष्टि, २२०६ जना कोरोना मुक्त र १७ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २२, दाङ /
नेपालमा पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५५ हजार ११४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०८७ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्