बलात्कार विरुद्ध दाङमा किशोरीहरुको प्रदर्शन – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

बलात्कार विरुद्ध दाङमा किशोरीहरुको प्रदर्शन

    मा प्रकाशित

कनिका खबर
कार्तिक २२, दाङ ।

बलात्कारलगायतका सम्पूर्ण महिला हिंसाको विरोध गर्दै शनिवार घोराहीको तुलसीपुरचोकमा किशोरीहरुले प्रदर्शन गरेका छन् ।

देशभर हुने गरेका बलात्कारलगायतका महिला हिंसाहरुको विरोध गर्दै शनिवार देशभर एकै समयमा कालो कपडा लगाएर किशोरीहरुले महिला हिंसा विरुद्ध प्रदर्शन गरेका छन् । कालो ड्रेस, आखाँ र मुखमा पट्टी बाधेर पीडक पितृसत्ता र बलात्कारको विरुद्धमा आफुहरुलो प्रदर्शन गरेको ज्योतिष्ना गौतमले बताइन ।

बलात्कारसँगै महिला विरुद्ध हुने सवै खाले हिंसाहरुको विरुद्धमा परम्परागत तरिका भन्दा फरक तरिकाले आफुहरुले विरोध गरेको उनले बताइन । ‘बलात्कार विरुद्ध आज एकै समयमा देशभर प्रर्दशन भएको छ’–उनले भनिन्–‘यसको मुख्य उद्देश्यले भनेको महिलाहरुमाथि कुनै प्रकारको हिंसा नहोस भन्ने हो ।’

उनले देशमा दिनप्रति दिन बढ्दै गईरहेका बलात्कारका घटना न्यूनिकरण गर्न र पिडकलाई कडा सजाय दिन सरकार गम्भीर नदेखिएकाले आफुहरुको अभियान चलिरहेको समेत बताइन । उनले चिलीबाट सुरु भएको अभियान अहिले नेपाललगायत विश्वका विभिन्न देशमा भैरहेको समेत बताएकी थिइन ।

प्रदर्शनमा उत्रिएका किशोरीहरुले बलात्कार कहिलेसम्म हामी चुप जहिलेसम्म, पितृ सत्ताको नियमले हामलाई सधै अन्याय गर्छ, अझै कति सहने, मेरो दोष कसरी, हामी चुप कहिले सम्म, स्टोप रेपजस्ता नारा लेखिएका प्ले कार्डहरु बोकेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्