गढवामा कोरोना नियन्त्रण सचेतनाका लागि यूवा समिती गठन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

गढवामा कोरोना नियन्त्रण सचेतनाका लागि यूवा समिती गठन

    मा प्रकाशित

दुख हरण यादव
जेठ १, दाङ ।

गढवामा कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले लागू गरेको लकडाउन व्यवस्थापन तथा प्रभावकारी बनाउनको लागि गढवा गाउपालिकाको युवा हरुले सामाजिक दूरी कायम गरी भेला गरी कोरोना सचेता तथा नियन्त्रणको लागि मुल समिति गठन गरेको छ ।

भेलाले २५ सदस्यीय गढवा गाउँपालिका स्तरीय कोरोना नियन्त्रण परिचालन समितीको संयोजकमा विकास बिसी र उप संयोजकमा सुनिल चौधरीलाई चयन गरेको छ । त्यसैगरी सवारी चेक जाँच उप समितिको संयोजकमा रोशन धिताल,अनुगमन तथा नियन्त्रण समिति संयोजकमा ओम प्रकाश बस्याल,बैंक तथा बित्तिय संस्था निगरानी उप समितीको संयोजकमा निर्मल रावत र प्रेस संयोजकमा दुख हरण यादवलाई चयन गरिएको छ ।

त्यसैगरी भेलाले गढवा गाउँ पालिकाको चारकिल्लामा कडा निगारानी गर्ने,सबै वडामा १५ सदस्यीय वडास्तरीय समिती गठन गर्ने,गाउपालिकामा सञ्चालित सबै एम्बुलेन्स चालकलाई अनिवार्य रुपमा पिपिइ उपलब्ध गराउने,स्थानीय स्वास्थ्य चौकीमा कोरोना परीक्षणको लागि आर.डि.टि कीट उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण नेपालमा पनि उच्च दरले बढ्दै गएको र नागरिकहरुले जानी जानी लकडाउनको उलङ्हन गरेको,सामाजिक दुरी कायम नगरेको,मास्कको प्रयोग नगरेको,अनावाश्यक रुपमा भेला भएर बसेको पाइएकोले स्थानीय प्रसाशान,स्थानीय निकायको सल्लाह सहयोगमा मुल समिती गठन गरी अाज बिहीबारदेखि परिचालन गरिने समितिका संयोजक विकाश बि.सि.ले बताए ।

नगरिकहितको लागि सरकारले लकडाउन खुकुलो पारेपछि बाटोमा पैदल तथा मोटरसाइकिल सवारीको आवत जावत अनियन्त्रित रुपमा बढ्न थालेपछि स्थानीय बासिन्दाले सामाजिक सञ्जाल लकडाउन प्रभावकारी बनाउनु पर्ने माग गर्दै आएको भए पनि छिमेकी जिल्ला बाँके र कपिलबस्तुमा कोरोना संक्रमणको संख्याले दोहोरो अंक पार गरेपछि दाङ जिल्लाको गढवा गाउपालिका जोखिम पर्न सक्ने भएकोले कडाइ गर्ने योजना बनाएको युवा प्रशान्त सिङ डि.सीले बताए ।
कोरोना रोकथाम तथा नियन्त्रण मूल समितीले बुझाएको ज्ञापन पत्र बुझ्दै गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ती चौधरीले स्वस्फूर्त रुपमा युवाहरु गढवा गाउपालिकालाई आफै कोरोनाबाट सुरक्षित बनाउन एक जुट भएको कार्यले आफू खुसी भएको र गढवा गाउँपालिका तथा स्थानीय प्रशासनलाई सहयोग गर्दै लकडाउन प्रभावकारी बनाउनको लागि गढवाको युवा हरुको कार्य सह्रानीय भएको बताउँदै यस कार्यको लागि गाउँपालिका तथा आफू सधै साथ तथा सहयोग गर्न तयार रहेको बताइन् ।

गढवा गाउँपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको पालना गर्न गराउन मुल समितीलाई सिफारिस गरेको मुल समितीका सदस्य बिनय बिसी ले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्