गोकुल बास्कोटा नेकपा सचिवालयको पुनर्गठनको पक्षमा, विवाद निकासको लागि दिए विकल्प – Kanika Khabar
Thursday, April 16Nepali News Portal

गोकुल बास्कोटा नेकपा सचिवालयको पुनर्गठनको पक्षमा, विवाद निकासको लागि दिए विकल्प

    मा प्रकाशित

कनिका खबर
कार्तिक २३, दाङ ।
सत्तारुढ दल नेकपाको आन्तरिक विवाद छताछुल्ल भएको छ । पटक पटक विवाद र सहमतिको जडान यसपालि भने कति सम्भव हुने हो भनन सकिदैन । विवाद दिानानुदान चर्किदै जान थालेको छ । यसैबीच पूर्वमन्त्री समेत रहेका गोकुल बाँस्कोटाले नेकपा सचिवालय पुनर्गठनको प्रस्ताव अगाडि सारेका छन् ।

आज आइतबार सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी पुनर्गठन गरी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण प्रकिया सुरू गर्न प्रस्ताव गरेका हुन्।

उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण र नेतृत्व विवाद अन्त्यका लागि पनि सचिवालयमा नयाँ पुस्ताको बाहुल्यता हुनुपर्ने उल्लेख गरेका छन् ।

बाँस्कोटाले ट्वीटमा भनेका छन्, ‘नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपुस्ताका नेताहरुको बाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौँ। कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खत्तम ।’ सामाजिक सञ्जाल ट्विटरमा बाँस्कोटाले लेखेका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्