होम आईसोलेसनमा रहेका नमोबुद्धका वृद्धको कोरोनाबाट मृत्यु – Kanika Khabar
Monday, March 16Nepali News Portal

होम आईसोलेसनमा रहेका नमोबुद्धका वृद्धको कोरोनाबाट मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २३, काभ्रे
कोरोना सङ्क्रमण पुष्टि भई होम आईसोलेसनमा रहेका एक वृद्धको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं ८ का ८६ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यलय काभ्रेले जानकारी दिएको छ । स्वास्थ्यमा समस्या आएपछि धुुलिखेल अस्पतालमा उपचार गराउन गएका उनको स्वाव लिएर घर पठाईएको थियो । गत बिहिबार २१ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको र आज बिहान उनको मृत्यु भएको नमोबुद्ध नगरपालिकाका आईसोलेसन फोकल पर्सन सोभाकान्त आचार्यले जानकारी दिनुभयो । मृतक पुरुषको परिवारले आजै अन्त्यष्टि गरिसकेका छन् । यो सँगै काभ्रे जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्