कोरोना अपडेट : ८२ जना भेन्टिलेटर र ३९८ जना आइसियुमा – Kanika Khabar
Saturday, January 17Nepali News Portal

कोरोना अपडेट : ८२ जना भेन्टिलेटर र ३९८ जना आइसियुमा

    मा प्रकाशित

कनिका खबर
कार्तिक २३, दाङ ।
पछिल्लो विवरण अनुसार नेपालमा ४ सय ८० जना कोरोना सङ्क्रमितहरु भेन्टिलेटर र आइसियुमा उपचाररत रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयको तथ्यांक अनुसार ८२ जना भेन्टिलेटरमा र ३ सय ९८ जना संक्रमित आइसियुमा उपचाररत छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८० जना आइसियु र ४१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५७ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४५ जना आइसियु र १५ जना भेन्टिलेटरमा र प्रदेश २ मा ७ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा १५ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ आइसियु र १७ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ आइसियु उपचाररत रहेका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्