जुटे बाइडनले आफ्नो कार्यकालको कार्ययोजना बनाउन – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

जुटे बाइडनले आफ्नो कार्यकालको कार्ययोजना बनाउन

    मा प्रकाशित

एजेन्सी ।
अमेरिकी राष्ट्रपति चुनिएसँगै जो बाइडनले आफ्नो कार्यकालको कार्ययोजना बनाउन जुटेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएका बाइडेन ह्वाइट हाउसको बागडोर सम्हाल्नअघि आफ्ना रणनीतिकारहरूसँग कार्ययोजना बनाउन ब्यस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाइरहेको छ ।

बाइडेनको टोलीका अनुसार अब अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई अनिवार्यरूपमा मास्क लगाउन भनिनेछ।

बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्र उकास्ने खालका कार्ययोजना ल्याउने तयारी थालेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडनको नेतृत्वमा अमेरिकाले पेरिस सम्झौता पुनस् स्वीकार गर्नेछ।

यस्तै अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय पनि बाइडनले बदर गर्ने बताइएको छ।

 

ट्रम्प प्रशासनले सात वटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ।

ट्रम्पको कानुनी चुनौती

राष्ट्रपति ट्रम्पले भने हालसम्म हार स्वीकार गरिसकेका छैनन् ।

उनले केही राज्यको परिणामलाई लिएर कानुनी चुनौती दिने बताएका छन् ।

ट्रम्पका कानुनी सल्लाहकार रुडी गिलियानीले फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले हार स्वीकार्नु गलत भएको बताउँदै भने, ‘कम्तीमा ४ र सम्भवतः १० राज्यमा मत चोरी भएको स्पष्ट प्रमाण छन्।’

यद्यपि ट्रम्पको चुनावी अभियानले यसबारेमा कुनै प्रमाण सार्वजनिक गरेको छैन।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्