दुर्घटनामा एककाे मृत्यु – Kanika Khabar
Sunday, April 27Nepali News Portal

दुर्घटनामा एककाे मृत्यु

    मा प्रकाशित

 

कनिका संवाददाता

जेठ १, दाङ ।

आज दाङमा भएकाे सवारी दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ ।

लमहीदेखि तुलसीपुर जाँदै गरेकाे ना ३ च ५९४५ नं. काे पिकअपले तुलसीपुरदेखि घाेराहीतर्फ आउँदै गरेकाे रा ५ प ३६८८ नं. काे माेटर साइकललाई ठक्कर दिदा माेटर साइकल चालक तुलसीपुर ७ निवासी विशाल थापा मगरकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

थापाकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे । माेटर साइकलमा सवार हक्की पुनलाई थप उपचारका लागि काेहलपुर रेफर गरिएकाे छ । दुर्घटना पश्चात् फरार रहेका पिकअप र चालकलाई तुलसीपुरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

पिकअप चालक राजपुर गाउँपालिका निवासी प्रदीप महरा रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्