सवारी साधन विशेष : के हो फ्युल इन्जेक्सन अर्थात एफआई प्रविधि ? यसका फाइदा र बेफाइदा के ? – Kanika Khabar
Saturday, January 17Nepali News Portal

सवारी साधन विशेष : के हो फ्युल इन्जेक्सन अर्थात एफआई प्रविधि ? यसका फाइदा र बेफाइदा के ?

    मा प्रकाशित

सञ्जिव पछाइ
कार्तिक २४, दाङ ।

फ्युल इन्जेक्सन अर्थात एफआई एक प्रकारको प्रविधि हो जहाँ इन्टेक च्याम्बरको सिलिन्डरमा फ्युल अर्थात इन्धन सिधा आपूर्ति गरिन्छ । त्यस्ता इन्जिनहरुमा अवस्थित सेन्सरहरुले इन्जेक्ट गरिएको फ्युलको बहाव नियन्त्रित गर्छ र उचित तहसम्म यसलाई कायम गर्छ ।
जबसम्म यी सेन्सरहरु ९सामान्यतया इलेक्ट्रोनिक० राम्रोसँग काम गरिरहेका हुन्छ तबसम्म ब्रेकडाउन हुने सम्भावना अत्यन्त कम हुन्छ । फ्युल इन्जेक्सन सिस्टम विभिन्न प्रकारको हुन्छ जस्तै थ्रोटल बडी फ्युल इजेक्सन सिस्टम र सिंगल प्वाइन्ट फ्युल इजेक्सन सिस्टम ।
थ्रोटल बडी सिस्टमले थ्रोटल बडीमा अवस्थित इन्टेक च्याम्बरमा फ्युल आपूर्ति गर्छ भने सिंगल प्वाइन्ट सिस्टमले सिंगल इन्जेक्टरबाट फ्युल आपूर्ति गर्छ ।
जुनसुकै फ्युल इन्जेक्सनको प्रयोग गरेता पनि तिनीहरुले सामान्यतया ड्राइभ गर्दा सहजता प्रदान गर्छ । फ्युल इजेक्सन सिस्टमले फ्युलमा पनि सुधार गर्छ ।
फ्युल इन्जेक्सनले कसरी कार्य गर्छ ?
फ्युल इन्जेक्सनले इन्जिनको कार्य क्षमतालाई बढाउन मदत गर्छ । सो प्रणालीमा फ्युल सजिलै हावासँग मिश्रण हुन्छ र यसले फ्युल च्याम्बरमा शक्ति पैदा गर्न फ्युल आपूर्ति गर्छ ।
यसमा पम्पले फ्युलको केही मात्रा उपयोग गर्छ । एक्सेलेरेटरको सहायताले पम्पको लागि आवश्यक मात्रामा फ्युल प्रयोग गर्छ र हावालाई बल्न मदत गर्छ । यसले इन्जिनलाई बढी शक्ति प्रदान गर्छ ।

फ्युल इन्जेक्सनको फाइदा
– थ्रोटल प्रतिक्रिया बढ्छ, इन्जिनलाई आवश्यक शक्ति पैदा गर्न मदत गर्छ ।
– चिसोमा स्टार्ट हुने समस्यालाई न्यून बनाउँछ ।
– इन्जिनको आयु बढ्छ ।
– इन्जिनको कार्य क्षमता बढाउन मदत गर्छ ।
– यसको प्रयोगले वायु प्रदूषण कम गर्छ ।

फ्युल इन्जेक्सनको वेफाइदा
– फ्युल इन्जेक्सन कार्बोरेटर भन्दा महँगो हुन्छ । त्यसैले बीएस४ र बीएस६ इन्जिन भएको गाडी महँगो हुने गर्छ ।
– फ्युल इन्जेक्सन भएको गाडी मर्मत गर्नका लागि निकै महँगो हुने गर्छ ।
हाल उपलब्ध सम्पूर्ण सवारी साधनमा बीएस६ मापदण्ड प्रयोग भएको छ । यसले प्रदूषण कम गर्नका साथै इन्जिनको लाइफ बढाउन मदत गरेको हुन्छ । त्यसैले सम्पूर्ण बाइक र स्कुटरमा पनि फ्युल इन्जेक्सन प्रयोग हुन थालेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्