मा प्रकाशित
कनिका खबर
कार्तिक २५, दाङ ।
नेपालमा ५ सयभन्दा बढी सक्रिय कोरोना सङ्क्रमित भएका जिल्ला १३ वटा रहेका छन् । स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म १३ जिल्लामा ५ सय भन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेको जनाएको हो ।
मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित झापा, मोरङ सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी (पूर्व), दाङ र रुपन्देहीमा ५ सय बढी सक्रिय कोरोना संक्तमित रहेका छन् ।


