कोरोना कहर विद्यालयमा : दाङको बंगलाचुलीका विद्यालय अनिश्चितकालीन बन्द – Kanika Khabar
Sunday, January 18Nepali News Portal

कोरोना कहर विद्यालयमा : दाङको बंगलाचुलीका विद्यालय अनिश्चितकालीन बन्द

    मा प्रकाशित

कनिका खबर
कार्तिक २५, दाङ ।

दाङको बंगलाचुली गाउँपालिका भित्रका विद्यालय अनिश्चिककालाका लागि बन्द हुने भएको छ । गाउँपालिकाकाले आज मंगलबार एक सूचना जारी गर्दै कोरोना भाइरसको जोखिम बढेकाले प्रत्यक्ष रुपमा सञ्चालन भएको सिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने जनाएको छ ।
‘गाउँपालिकामा कोरोना भाइरसको जोखिम बढेको छ’, जारी गरिएको सूचनामा भनिएको छ, ‘अर्को सूचना नभएसम्म सिक्षण सिकाई क्रियाकलाप बन्द हुने छ ।’ तर विद्यालयमा प्रशासनिक काम भने हुने जनाइएको छ ।

यसैबीच दाङ कोरोना जोखिम बढ्दै गएपछि विद्यालयहरु पनि बन्द हुन थालेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र ७ मा पनि विद्यालय बन्द गरिएको छ । दशैं अघि पनि कोरोना जोखिम बढेको भन्दै बंगलाचुलीसँगै तुलसीपुर, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बबई गाउँपालिकाले केही दिन विद्यालय बन्द गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्