प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा – Kanika Khabar
Sunday, January 18Nepali News Portal

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

    मा प्रकाशित

कनिका खबर
कार्तिक २५, दाङ ।
प्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकको माग गर्ने चार नेतालाई भेट्नुअघि ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रचण्ड र सचिवालय बैठकको माग गर्ने सचिवालय सदस्य वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच अपराह्न ४ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
प्रचण्डले ओलीलाई सचिवालय बैठक बोलाउन अल्टिमेटमसमेत दिएका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्